आज पनि चिकित्सकहरू सडकमा, भौतिक सुरक्षाको माग

आज पनि चिकित्सकहरू सडकमा, भौतिक सुरक्षाको माग


पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

मंगलबार माइतीघर मण्डलमा सेतो कोट लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही गर्नुपर्ने र आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । 

आन्दोलनमा सहभागी डाक्टर ढकालले, कानून अनुसार सहकर्मीमाथि हातपात गर्नेलाई कारबाही हुनुपर्ने आफूहरुको माग रहेको बताए । ‘विगत १० — १५ दिनमा जति पनि घटना भएका छन् । दोषीलाई सशक्त रुपमा कारबाही हुनुप-यो हातपात गर्नेलाई । वार्तामा जेल युथ आउट बिल स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति हुनुप-यो ।’उनले भने । 

उनले पीडित डाक्टर अथवा कुनै पनि स्वास्थ्य कर्मीलाई क्षतिपूर्तिको उचित व्यवस्था गर्नुपर्ने पनि आफूहरूको माग रहेको बताए । उनले भने,‘दोषीलाई तुरुन्त कारबाहीको दायरामा ल्याएर पीडित डाक्टरलाई अथवा कुनै पनि स्वास्थ्यकर्मीलाई क्षतिपूर्तिको उचित व्यवस्था गर्नुपर्ने पनि हाम्रो माग हो ।’ 

दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआउ, डाक्टर र बिरामीको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौँ कि देश छोडौँ ? लगायत प्लेकार्ड बोकेका थिए । 

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएपछि मृतकका आफन्तसहित भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । सोही घटनालाई लिएर आज काठमाडौंमा पनि डाक्टरहरू विरोधमा उत्रिएका हुन् ।

Logo