डाक्टरहरुको आन्दोलन आज पनि जारी [तस्विरमा]

डाक्टरहरुको आन्दोलन आज पनि जारी [तस्विरमा]


पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बुधबार माइतीघर मण्डलमा सेतो कोट लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआउ, डाक्टर र बिरामीको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौँ कि देश छोडौँ ? लगायत प्लेकार्ड बोकेका थिए । 

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएपछि मृतकका आफन्तसहित भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । सोही घटनालाई लिएर आज पनि काठमाडौंमा डाक्टरहरू विरोधमा उत्रिएका हुन् ।

 

 

Logo