सांसद डा. सुनिल शर्मा चिकित्सकको टोलीसहित प्यूठानमा, ११ सय बढी बिरामीले लिए लाभ

सांसद डा. सुनिल शर्मा चिकित्सकको टोलीसहित प्यूठानमा, ११ सय बढी बिरामीले लिए लाभ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्मा चिकित्सकको टोलीसहित हाल प्यूठानमा छन् । काठमाडौँ मेडिकल कलेजका २५ जनाको चिकित्सकको टोली लिएर उनी प्यूठान गएका हुन् ।

प्यूठानको गौमुखी गाउँपालिका वडा नं ५ ठूलाबेसीको आयोजनामा नौमुखी उच्च माविमा भएको शिविरका लागि डा. शर्मा आफैँले टोली लिएर गएका हुन् । जहाँ एक हजार १२३ बिरामीले लाभ लिएका थिए । सो क्रममा ७६ जनाको इको, ४९ जनाको ईसीजी, २०३ जनाको ल्याब, १५८ जनाको अल्ट्रासाउन्ड गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले बताए । त्यस्तै ९२ जनाको दाँत खोलिएको थियो भने ४० जनालाई ओटी रेफर गरिएको थियो ।

सो क्रममा सांसद डा. शर्माले प्यूठानबाट शल्यक्रियाका लागि केएमसीमा पुग्ने बिरामीलाई सतप्रतिशत छुट उपलब्ध गराउने पनि प्रतिबद्धता जनाए ।

Logo