काठमाडौं मेडिकल कलेज (केएमसी)ले आवासीय चिकित्सक विशद दाहालमाथिको निलम्बन फिर्ता लिएको छ ।
बुधबार बिहान आन्दोलनरत आवासीय चिकित्सकको टोली र केएमसीबीच ८ बुँदे सहमति भएको हो । मंगलबार नै सहमति नजिक पुगेकाे वार्ता शिक्षामन्त्रीको पत्रका कारण भाँडिएपछि बुधबार पुनः बसेकाे बैठकमा सहमति भएको हो ।
सो सहमतिमा अस्पताल प्रशासन दाहालमाथिको निलम्बन फिर्ता लिन सहमत भएको छ भने दाहालले पनि आत्मआलोचना गरेका छन् ।
वार्ता टोलीमा अस्पताल व्यवस्थापनको तर्फबाट प्रबन्धक नारायणप्रसाद दाहाल, केपी शर्मा र लक्ष्मण अधिकारी तथा निलम्बनमा परेका चिकित्सक डा. विशद दाहाल र उनका आवासीय चिकित्सकका तर्फबाट प्रतिनिधिहरु थिए ।
केएमसीले पीजी दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा. विशदलाई अनुशासन उल्लंघन गरेको र कर्तव्य पालना नगरेको भन्दै पुस १२ गते एक महिनाका लागि निलम्बन गरेको थियो । उनको निलम्बन नियमसंगत नभएको भन्दै केएमसीमा पीजी पहिलो र दोस्रो वर्षका आवासीय चिकित्सक आन्दोलनमा थिए । दाहालको निलम्बन आजैदेखि फिर्ता लिने भएपछि आन्दोलनमा रहेका ८१ जना चिकित्सक तथा कर्मचारी पनि काममा फर्किन तयार भएका छन् ।
यस्ताे छ सहमति पत्र-
.png)





























प्रतिक्रिया