१० कन्टेनर स्वास्थ्य सामग्री खासा आइपुग्यो

१० कन्टेनर स्वास्थ्य सामग्री खासा आइपुग्यो


काठमाडौं ।
सरकारको निर्देशन अनुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेका छन् ।

कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज सो स्थानबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।

शनिबारसम्म काठमाडौँ पठाइने तयारी भएको उनले बताए। सेनाले सो प्रक्रियामार्फत ६७ थरिका स्वास्थ्य सामग्री खरिद गरेको थियो । केही सामान विमानमार्फत ल्याइने जनाइएको छ ।रासस

Logo