नेपालमा हालसम्म १ हजार ७९६ जनाको कोरोना परीक्षण

नेपालमा हालसम्म १ हजार ७९६ जनाको कोरोना परीक्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

गत शनिबार एकैदिन तीन जना कोभिड-१९ का संक्रमित भेटिएपछि आज मंगलबारसम्म कुनैपनि संक्रमित भेटिएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको बताएका हुन् । शनिबार यता २५५ जनाको परीक्षण गरिएको छ । शनिबार सम्म १ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो ।

यस्तै मंगलबारसम्म कुल १ हजार ७ सय ९६ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । जसमध्ये ९ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ भने एक जना उपचार पछि घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले उपचाररत ८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताए । यस्तै संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको समेत उनले बताए । संक्रमणको जोखिम उच्च भएका जिल्लाहरु कैलाली र कञ्चनपुरमा र्‍यापीड डायगोनिस्टिक टेस्ट मार्फत परीक्षण शुरु गरिएको समेत उनले बताए । जुम्ला र अछाममा पनि परीक्षणका लागि स्वाब लिने काम भइरहेको उनले जानकारी दिए ।

काठमाडौं उपत्यका भित्र १६ जना र काठमाडौं बाहिर ८४ जना आइसोलेसनमा रहेको र क्वारेन्टाइनमा ९ हजार २ सय २८ जना रहेको प्रवक्ता देवकोटाले बताए । यस्तै रेड जोनमा मंगलबार १७ जना थपिएर १ सय ७२ जना पुगेका र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ३५ जना व्यक्तिहरुको नमुना संकलन समेत भएको उनले बताए ।

Logo