नेपालमा आज १५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज १५९ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ जना पुगेको छ । आज १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २६४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २९ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ७५ हजार १५२ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार १४५ जनाको परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा आज ८५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख १ हजार ५१२, भक्तपुरमा ९ हजार २२२ र ललितपुरका १६ हजार ३५ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २६ हजार ७६९ जना पुगेको छ ।

Logo