अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा आज विहिबार नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

विहान साढे ९ बजेबाट सुरु भएको शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। "/>

मधुमेहबाट यसरी बच्न सकिन्छ – वरिष्ठ चिकित्सक अंशुमाली जोशी (भिडियो सहित)

मधुमेहबाट यसरी बच्न सकिन्छ – वरिष्ठ चिकित्सक अंशुमाली जोशी (भिडियो सहित)

केन्द्रबिन्दु
3
Shares

अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा आज विहिबार नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

विहान साढे ९ बजेबाट सुरु भएको शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर राखिएको हो।

शिविरको मुख्य विशेषता भनेको र्‍यान्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १० दिन सम्मका लागि नि:शुल्क औषधि वितरण र  २८ दिनभित्र एक पल्ट नि:शुल्क फलोअप हो।

शिविर आयोजना अघि अल्का अस्पतालले सचेतनामुलुक र्‍याली निकालेको छ। र्‍याली अल्का अस्पतालबाट जावलाखेल चोक हुँदै मंगल बजार, पुल्चोक हुँदै  पुन: अस्पताल परिसरमा नै आएर टुंगिएको थियो।

 

मधुमेह कसरी थाहा पाउने ?

वरिष्ठ चिकित्सक अंशुमाली जोशी

-खाना रुचेर पनि तौल घटदै जाने ।

-पिसाव सामान्यभन्दा धेरै पटक लाग्ने ।

-मुख सुख्खा हुने, प्यास धेरै लाग्ने ।

-भोक बढी लाग्ने तर दुव्लाउदै जाने ।

-कमजोरी हुने र खुट्टाहरू झम्झमाउने ।

-खुट्टाहरू पोल्ने ।

-पिसावमा कमिलाहरू देखिने ।

-घाउहरू छिटो निको नहुने ।

कसरी बच्ने ?

-हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने।

-मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने।

-सामान्य खानपान अपनाउनु राम्रो । क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ।

-व्यायाम नियमित गर्ने। व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने।

– दिनमा कम्तीमा आधा घण्टा हिड्ने ।

Skip This
Skip This
Logo