भक्तपुरको गठ्ठाघरमा केएमसीले निःशुल्क ५६३ बिरामीको उपचार गर्‍याे

भक्तपुरको गठ्ठाघरमा केएमसीले निःशुल्क ५६३ बिरामीको उपचार गर्‍याे

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ मेडिकल कलेज (केएमसी) ले भक्तपुरको गठ्ठाघरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त निःशुल्क स्वास्थ्य शिविरमा ५६३ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले जानकारी दिए । ५६३ बिरामीमध्ये ८७ जनाको ईसीजी, १०३ जनाको ल्याब, ९८ जनाको अल्ट्रासाउन्ड र १३ जनाको दाँत खोलिएको थियो भने २७ जनाको शल्यक्रियाका लागि रेफर गरिएको प्रबन्धक दाहालले बताए। 

नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनील शर्माले केएमसी सम्हालेपछि सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएका छन् । 

Skip This
Skip This
Logo