सांसद शर्माको पहलमा दार्चुलामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २ हजार बढीले लिए लाभ

सांसद शर्माको पहलमा दार्चुलामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २ हजार बढीले लिए लाभ

केन्द्रबिन्दु
112
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा दार्चुलाको शैल्यशिखर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

मंगलबार शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर माविमा कांग्रेस सांसदद्वय शर्मा र दिलेन्द्र बडुले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरेका हुन् । कार्यक्रमको सभापतित्व नगरप्रमुख विजयसिंह धामीले गरेका थिए । त्यस्तै प्रमुख अतिथिका रुपमा सांसद बडू रहेका थिए भने डा शर्मा विशिष्ट अतिथि रहेका थिए ।

उक्त शिविरबाट २ हजार ३६४ जना स्थानीयले लाभ लिएका छन् । तीमध्ये १९७ जनाको इसिजी, ३८५ जनाको युएसजी, ४०१ जनालाई ल्यावमा चेकजाँच गरिएको थियो । साथै दाँत रोग चेकजाँच गर्नेको संख्या १०३ छ । जसमा १४६ जनालाई ओ.टी. रेफर गरिएको छ। ती विरामीमध्ये जसको अप्रेसन गर्नुपर्नेछ उसलाई शतप्रतिशत छुटको पनि व्यवस्था पनि मिलाइएको काठमाडौं मेडिकल कलेज (केएमसी)का महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

सांसद शर्माकै पहलमा सोमबार बैतडीको दोगडाकेदार गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर चलेको थियो, जसमा एक हजार ९४२ जना विरामीको उपचार भएको थियो । अब २४ गते वैतडीको पाटन र २५ गते डडेल्धुरामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ । सांसद शर्माकै पहलमा यसअघि पनि विभिन्न जिल्लाका विकट स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ ।

Logo