सांसद डा. सुनिल शर्माले डडेल्धुरामा गराए २५ सय बिरामीको निःशुल्क उपचार

सांसद डा. सुनिल शर्माले डडेल्धुरामा गराए २५ सय बिरामीको निःशुल्क उपचार

केन्द्रबिन्दु
98
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा डडेल्धुरामा वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

बिहीवार अमरगढी नगरपालिकाको आयोजनामा डडेल्धुरा जिल्ला अस्पतालमा भएको शिविरमा दुई हजार ५२७ बिरामीले लाभ लिएको काठमाडौँ मेडिकल कलेजका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । उक्त शिविरमा १४७ जनाको इसिजी, १९५ जनाको युएसजी, २१३ जनालाई ल्यावमा चेकजाँच गरिएको थियो । साथै इसीएचओ गर्ने ८३ जना तथा दाँत रोग चेकजाँच गर्नेको संख्या ७७ छ । जसमा १४४ जनालाई ओ.टी. रेफर गरिएको छ। ती विरामीमध्ये अप्रेशन गर्नुपर्ने विरामीलाई निःशुल्क गरिने र त्यसका लागि फागुन १२ गते केएमसी आइपुग्नु पर्नेछ ।

बिहीबारको कार्यक्रमको सभापतित्व नगरप्रमुख डिल्लीराज जोशीले गरेका थिए । यस्तै, प्रमुख अतिथि सांसद डा. सुनिल शर्मा रहेका थिए ।

सांसद शर्मा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडको स्वास्थ्य टोली लिएर सुदूरपश्चिम प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएका छन् । यसअघि बैतडीको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइसकेको छ, जसमा हजारौंले स्वास्थ्य लाभ लिएका छन् ।

Logo