अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरद्वारा आयोजित निःशुल्क योग शिविर सम्पन्न

अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरद्वारा आयोजित निःशुल्क योग शिविर सम्पन्न

केन्द्रबिन्दु
672
Shares

अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरद्वारा शनिबार काठमाडौँ नक्सालस्थित नारायण चौरमा आयोजित डेढ घण्टे निःशुल्क योग शिविर सम्पन्न भएको छ । बिहान ८ः३० बजे सुरु भएको उक्त शिविर १० बजेसम्म सञ्चालन भएको थियो । भारतका बहुचर्चित योग गुरु धिरज र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरको संयुक्त प्रयासमा आयोजित उक्त शिविरमा ५० भन्दा बढी मानिसहरुले निःशुल्क सेवा लिएका थिए । उक्त शिविरमा साना बालबालिकादेखि ६०-७० बर्षका वृद्धहरु पनि सहभागी भएका थिए ।

वशिष्ठ योग फाउण्डेसनका भारत प्रमुख योगी राजिव मिश्रा नेपाल आएको अवसर पारेर आयोजित योग शिविरमा पार्कमा हिँडडुल गरिरहेका र योगामा नियमित रुपमा जोडिएका मानिसहरुको संलग्नता रहेको थियो । उक्त योग शिविरमा ५० भन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो ।

वशिष्ठ योग फाउण्डेसन नेपालले नयाँ बानेश्वरस्थित अल्फाबिटाको भवनमा हरेक शनिबार योग कक्षा सञ्चालन गरिने वशिष्ठ योग फाउण्डेसनका संस्थापक मञ्जु शर्माले जानकारी दिइन् । उनले शनिबार सम्पन्न डेढ घण्टाको योगबाट मानिसहरुले शरिरका विभिन्न समस्याहरुबाट छुटकारा पाएको पनि विश्वास व्यक्त गरिन् ।

सो अवसरमा योग गुरु योगी राजिव मिश्रा अहिलेको भाडदौड जिन्दगीमा, मानिसहरुको जिवनशैली पनि परिवर्तन भइसकेको अवस्थामा योग गर्नु अनिवार्य भईसकेको बताउँछन् । उनले आज नक्सालस्थित नारायण चौरमा उपस्थित मानिसहरुको सहभागिता देखेर आफूहरु निकै उत्साहित भएको बताए ।

यस्तै योग शिविर सम्पन्न भएपछि निःशुल्क रगत परिक्षण पनि गरिएको थियो ।

Logo