सांसद डा. शर्माको टोलीले शनिबार अर्घाखाँची तथा रोल्पामा निःशुल्क स्वास्थ्य शिविर गर्ने

सांसद डा. शर्माको टोलीले शनिबार अर्घाखाँची तथा रोल्पामा निःशुल्क स्वास्थ्य शिविर गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले शनिबार अर्घाखाँची निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ। यस्तै नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माकाे टोलीले फागुन २० र २१ गते पनि रोल्पामा निःशुल्क स्वास्थ्य शिविर गर्न लागेकाे हाे।

अपरेशनका लागि रेफर गरिएका सबैको निःशुल्क उपचार हुने केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए। नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्मा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहेका छन्। सो क्रममा केएमसीको टोली गुल्मी पुगेको छ।

टोलीले गुल्मीको इस्मा गाउँपालिकामा बिरामीहरुको निःशुल्क उपचार गरेको छ। सुशील कोइराला स्मृति प्रतिष्ठानकोको आयोजना र इस्मा गाउँपालिकाको सहआयोजनामा आनन्दपुर माविमा बिरामीहरुको उपचार गरेको हो।

दुई दिने स्वास्थ्य शिविरमा ३ हजार १५० बिरामीको उपचार गरिएको प्रबन्धक दाहालले जानकारी दिए। बिरामीमध्ये ११६ जनाको ईसीजी, २६६ जनाको ल्याब, ३१८ जनाको भिडियो एक्सरे र १२३ जनाको ईको गरिएको थियो ।त्यस्तै ८७ जनाको दाँत खोलिएको थियो भने १०९ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ।

डा. शर्मा भने पाल्पाको रामपुरमा भएको निःशुल्क स्वास्थ्य शिविरपछि फर्केका छन्। उनका बुबा बिरामी भएर नोबल मेडिकल कलेजमा उपचाररत रहेकामा डा. शर्मा फर्केर बुबालाई हेरचाह गर्न पुगेका हुन्।

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ।

Skip This
Skip This
Logo