काभ्रेको पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ९ सय ६२ जनाले लिए सेवा

काभ्रेको पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ९ सय ६२ जनाले लिए सेवा

केन्द्रबिन्दु
56
Shares

काठमाडाैँ। काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। सामुदायिक स्कुल पनौती नगरपालिका ४ को आयोजनामा स्कुलको प्राङ्गणमा शिविर आयोजना गरेको हाे।

उक्त स्वास्थ्य शिविरबाट ९ सय ६२ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए। बिरामीमध्ये ६५ जनाको ईसीजी, १२१ जनाको ल्याब परीक्षण र १०७ जनाको भिडियो एक्सरे गरिएको थियो।

त्यस्तै २२ जनाको दाँत खोलिएको थियो भने २९ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ। नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आइरहेकाे छ ।

Logo