सांसद डा. शर्माको पहलमा बाग्लुङको बडिगाडमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सांसद डा. शर्माको पहलमा बाग्लुङको बडिगाडमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

केन्द्रबिन्दु
182
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा बाग्लुङको बडिगाड गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

काठमाडौं मेडिकल कलेज (केएमसी)का विशेषज्ञ चिकित्सकको टोलीसहित बाग्लुङ पुगेका सांसद शर्माले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरमा १९५० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको काठमाडौं मेडिकल कलेजका जनरल म्यानेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १४७ जनाको इसिजी, २०९ जनाको ल्याब परीक्षण, २०५ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, ८५ जनाको इको गरिँदा ४५ जनाको भने दाँत खोलिएको छ ।

शिविरमा स्वास्थ्य परीक्षणका लागि आएकामध्ये जटिल प्रकृतिका ११० जनालाई थप उपचारका लागि ओटी रेफर गरिएको छ ।

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै सांसद शर्माले गरिब, विपन्न र दुर्गम क्षेत्रमा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न आफूले विशेषज्ञ स्वास्थ्यकर्मीसहितको स्वास्थ्य शिविर ल्याएको बताए । आफू जनताका हरेक सुख दुःखमा सदैब रहने उनको भनाई थियो ।

शिविरमा गण्डकी प्रदेश सभा सदस्य जितबहादुर शेरचन, सांसद डिल्ली सुवेदी, सुभाष पोखरेल, केएमसीका जनरल मेनेजर दाहालले समेत आफ्ना धारणा राखेका थिए ।

पछिल्लो समय सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य चेकजाँचका लागि केही राहत होस् भन्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।

Logo