सांसद डा. शर्माको पहलमा पर्वतको विहादीमा सञ्चालित निःशुल्क शिविरमा २ हजार बढीले गराए उपचार

सांसद डा. शर्माको पहलमा पर्वतको विहादीमा सञ्चालित निःशुल्क शिविरमा २ हजार बढीले गराए उपचार

केन्द्रबिन्दु
490
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा पर्वतको विहादीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा २ हजार बढीले उपचार गराएका छन् ।

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड केएमसीको स्वास्थ्य टोली लिएर विभिन्न ६ जिल्लाको भ्रमणमा रहेका शर्माकै पहलमा विहादीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको हो । नेपाल तारा माध्यमिक विद्यालय विहादी–४ को प्राङ्गणमा भएको शिविरमा २ हजार ४५६ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

सो क्रममा १८० जनाको ईसीजी, २१५ जनाको ल्याब परीक्षण र १९५ जनाको भिडियो एक्सरे गरिएको थियो । त्यस्तै ८५ जनाको ईको, १०१ जनाको दाँत खोलिएको थियो भने १०५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । रेफर गरिएका विरामीको काठमाडौंको केएमसीमा निःशुल्क उपचार हुनेछ ।

विहादी गाउँपालिकाका प्रमुख प्रविण गुरुङकाे सभापतित्व रहेकाे कार्यक्रममा प्रमुख अतिथिमा कांग्रेस सांसद डा. शर्मा, खोटाङका पूर्व सभापति सुभास पोखरेल, नेविसंघ केन्द्रीय सदस्य राजीव लामिछाने, वडाध्यक्षहरुलगायत सहभागी भएका थिए । कार्यक्रममा डा. शर्मासहित विहादी उपप्रमुख मीना थापासँगै केएमसीका प्रबन्धक दाहालले मन्तव्य राखेका थिए ।

Logo