कर्णालीका बिरामी केएमसीमा, सम्भव भएसम्म सबै उपचार गराउने सांसद शर्माको बचन [भिडियाे]

कर्णालीका बिरामी केएमसीमा, सम्भव भएसम्म सबै उपचार गराउने सांसद शर्माको बचन [भिडियाे]

केन्द्रबिन्दु
70
Shares

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद डा. सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेज, सिनामंगलका विशेषज्ञ चिकित्सकहरुको टोलीले चलाएको स्वास्थ्य शिविरबाट रेफर गरिएका विरामीको आज केएमसीमा उपचार भएको छ ।

उक्त शिविरबाट रिफर भएका दर्जनौं बिरामीहरु आज उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा आएर निःशुल्क उपचार गराएका हुन् । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका सञ्चालन गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरबाट करिक एक हजार ८ जनालाई उपचार सेवा दिइएको थियो, जसमा रेफर हुनेमा अधिकांश महिला छन् ।

सो क्रममा सांसद शर्माले दुर्गम जिल्लाका बिरामीलाई केएमसीमा निःशुल्क उपचार गर्न पाउँदा आफू एकदमै हर्षित भएको बताए । उनले जतिदिन लागे पनि यहाँ सम्भव भएसम्म सबै उपचार गर्ने प्रतिबद्धता जनाए । यसमा सरकारले ध्यान दिन आवश्यक रहेको पनि औंल्याए । त्यस्तो दुर्गम ठाउँबाट केएमसीमा आएका विरामीको दोस्रो जीवन पाएको उनको भनाई छ ।

सांसद शर्माकै अगुवाईमा यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौर मुगुको गमगढी तथा हुम्लाको सर्केगाडमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यसअघि पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । ती स्थानबाट रेफर भएका विरामीको पनि केएसीमा निःशुल्क उपचार गरिएको छ ।

Skip This
Logo