मनकारी सांसद सुनिल, देशभरका गरिब, असाह्य र अशक्तका लागि बन्दैछन् भगवान

मनकारी सांसद सुनिल, देशभरका गरिब, असाह्य र अशक्तका लागि बन्दैछन् भगवान

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसदसमेत रहेका डा. सुनिलकुमार शर्मा पछिल्लो समयमा देशभरका विकट गाउँगाउँ पुगेर नि:शुल्क स्वास्थ्य शिवर चलाइरहेका छन्। काठमाडौं सिनामंगलस्थित् काठमाडौं मेडिकल कलेज (केएमसी)का सञ्चालकसमेत रहेका सांसद शर्माले सुदूर पूर्वदेखि सुदूर पश्चिमका विकट गाउँगाउँमा आफैं पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौँ गरिब, असाह्य/अशक्त नेपालीलाई निःशुल्क उपचार गरिरहेका छन्। गाउँगाउँमा शिविर सञ्चालन गर्नुमात्र नभइ दीर्घकालिन बिरामीलाई उनले केएमसी अस्तालमै ल्याएर निःशुल्क उपचारसमेत गरिरहेका छन्।

सांसद शर्माको समूहले पछिल्लो केही महिनादेखि सुदूर र कर्णाली प्रदेशका हुम्ला, डोटी, बाजुरा, कालिकोट, मुगु, रोल्पा, पूर्वी रुकुम, डडेल्धुरा, अर्घाखाँची, प्युठानजस्ता पश्चिम नेपालका विकट जिल्लामा पुगेर बिरामीको निःशुल्क उपचार गरिरहेका छन्। दुर्गम ठाउँका बिरामीको उपचार सम्भव नभए केएमसी अस्पतालमा निःशुल्क गरिदिने व्यवस्था मिलाएका छन्।

सांसद शर्माको कामलाई देखेर अर्का सांसद चन्द्र भण्डारीले खुलेरै तारिफ गरेका छन्। उनले सामाजिक सञ्जालमामार्फत सांसद शर्माको तारिफ गरेका छन्। ֹ‘कीर्तिकस्य स जीवित! नमन छ डा. सुनिल शर्मालाई’ भण्डारीले अगाडि लेखेका छन्,‘धनको धनीमात्र भएर नहुँदो रहेछ, मनको धनीपनि हुनुपर्दो रहेछ।’

भण्डारीले अगाडि सांसद शर्माको कार्यलाई लिएर भनेका छन्, ‘सबैतिर अस्पताल मात्र भएर पनि नहुँदो रहेछ, असहाय विपन्नलाई निःशुल्क उपचार गर्ने चाहनापनि हुनुपर्ने रहेछ। डा. सुनिलकुमार शर्माले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँलाई निःशुल्क उपचार गरेका छन्, गर्दै आइरहेका छन्। विकट क्षेत्रका बिरामीलाई सिनामंगलको केएमसीमा ल्याएर निःशुल्क उपचार पनि गराएका छन् । यसरी नै सबै मेडिकल कलेजहरूले असहाय बिरामीको सेवा गर्ने हो भने स्वास्थ्यको क्षेत्रमा एउटा क्रान्ति नै आउने थियो। डा. सुनिल सही अर्थमा परोपकारी, मानवतावादी र धर्म परायण रहेछन्। उहाँको यस कार्यप्रति म हृदय तः कृतज्ञता प्रकट गर्दछु ।”

सांसद शर्माले हालसालै सम्पन्न गरेको शिविरको स्मरण गर्दै भने,‘स्वास्थ्य शिविरमा जाँच गराई थप उपचारका लागि अस्पताल नै जानुपर्ने बिरामीहरूलाई स्थानीय निकाय, जनप्रतिनिधीको सहयोग र समन्वयमा केएमसी ल्याउने व्यवस्था गरिएको छ। केएमसीमा अपरेसन गर्नेदेखि अस्पताल सेवाहरू निःशुल्क गरिदिएका छौँ। पश्चिम नेपालको दूर दराज गाउँको परिस्थिति हेर्दा ती क्षेत्रहरूमा सरकार साँच्चै नै नपुगेको प्रस्ट देखिन्छ। गाउँ घरमा नै उपचार गर्न पाउँदा धेरैले आँसु झार्दै धन्यवाद दिँदा मेरो मन पटक पटक रोएको छ। उपचारको पर्खाई मा बसेकाहरूले काठमाडौँ आई निःशुल्क उपचार पाउँदा नयाँ जीवन पाएको पक्कै पनि अनुभव गर्नु हुनेछ।’

सांसद शर्मा राजनीतिक क्षेत्रमा आउनुभन्दा पहिला देखिनै विराटनगरस्थित् नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबाट पूर्वी नेपालको विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर लिएर पुग्ने गरेका थिए। आफू र आफ्नो परिवारले जीवनयापनको क्रममा भोगेका आर्थिक अभाव र सङ्घर्षका कारण आम जनताको भोगाईलाई नजिकबाट नियालेका उनले पैसाकै कारण बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने मनसायले विपन्न बिरामीहरूको निःशुल्क उपचार पनि गर्दै आएको दाबी गर्छन्।

उनले एमबीबीएस, बिडीएस, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाई जिन, डिप्लोमा फार्मेसी जस्ता विषयहरूमा आर्थिक विपन्न र दलित परिवारका सयौँ विद्यार्थीहरूलाई निःशुल्क अध्ययन पनि गराएका छन्। प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उनले ५० शैयाको क्याबिनसमेत मोरङ-३ का बिरामीहरूलाई निःशुल्क गरिदिएका छन्।

नोबेल शिक्षण अस्पताल र केएमसी शिक्षण अस्पतालमा उनको निर्वाचन क्षेत्रका बिरामीहरूको उपचार विशेष सहुलियतमा हुने गरेको छभने भोजपुर, तेह्रथुम, इलाम, खोटाङ, ताप्लेजुङलगायतका पहाडी जिल्लाहरू र झापा, मोरङ, सुनसरी लगायतकातराईका जिल्लाको विभिन्न स्थानहरूमा भएका निःशुल्क स्वास्थ्य शिविरबाट रिफर भएका बिरामीहरूको विशेष सहुलियतमा उपचार भएको उनको दाबी छ।

Logo