केएमसीले मनायो अन्तर्राष्ट्रिय नर्सिङ दिवस

केएमसीले मनायो अन्तर्राष्ट्रिय नर्सिङ दिवस

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । सिनामंगलस्थित् काठमाडौं मेडिकल कलेज (केएमसी)ले अन्तराष्ट्रिय नर्सिङ दिवस मनाएको छ।

आइतबार एक कार्यक्रमको आयोजना गर्दै केएमसीले अन्तराष्ट्रिय नर्सिङ दिवस मनाएको हो।

केएमसीमा कार्यरत नर्स र स्वास्थ्यकर्मीहरूले एकापसमा शुभकामना साटासाट गर्दै नर्सिङ दिवस मनाएका हुन्।

आयोजित कार्यक्रममा बोल्दै केएमसीका प्रमुख सल्लाहकार डा. केपी शर्माले बिरामीको जीवन रक्षा गर्ने कार्यमा संलग्न नर्सहरु सदैव सम्मानीत रहेको बताउँदै नर्सिङ सेवालाई मर्यादित, व्यवस्थित बनाउँदै लैजानु पर्ने आजको आवश्यक्ता भएको दाबी गरे।

मानवीय सेवामा दत्तचित्त भई स्वास्थ्य सेवामा अहोरात्र खट्ने नर्सहरु तथा स्वास्थ्य क्षेत्रका जनशक्तिहरुको व्यवसायिक, पारिवारिक सुरक्षा राज्यको नजरमा नपरेको र नर्स बन्नु भनेको आफूलाई अरुको सेवामा समर्पित गराउनु रहेको उल्लेख गर्दै डा. शर्माले फ्लोरेन्स नाइटिङ्गेलको जीवनबाट अभिप्रेरित भएर सेवामा लाग्न सुझाव दिए।

कार्यक्रममा दया र सेवाकी प्रतिमुर्ति इटालीकी महान नर्स फ्लोरेन्स नाइटिङ्गेललाई स्मरण गर्दै उनको मानवसेवा भावलाई जीवनमा प्रयोग गर्न उनले सुझाव दिए।

Logo