नेपालमा पहिलो पटक सस्तोमा मृगौला प्रत्यारोपण गर्दै केएमसी

नेपालमा पहिलो पटक सस्तोमा मृगौला प्रत्यारोपण गर्दै केएमसी

केन्द्रबिन्दु
20.3k
Shares

काठमाडौं । नेपालमा पहिलो पटक सस्तोमा काठमाडौं मेडिकल कलेज (केएमसी)ले मृगौला प्रत्यारोप गर्ने भएको छ।

केएमसीमा मृगौला प्रत्यारोप गर्दा शल्याक्रिया, ल्याब सेवा, अस्पतालमा बस्दा लाग्ने खर्च र औषधीसहित जम्मा छ लाख ५५ हजार खर्च लाग्ने बताइएको छ।

कांग्रेस सांसद सुनिल शर्मासमेत सञ्चालक रहेको केएमसी अस्पतालले यस अगाडिपनि सस्तो मूल्यमा ठूलठूला शल्याक्रिया गरिसकेको छ। उनले अब नेपालमा पहिलो पटक सस्तो मूल्यमा केएमसीले मृगौला प्रत्यारोप गर्ने बताएका छन्।

केएमसीका महाप्रबन्धक नारायण दाहालका अनुसार नेपालमा पहिलो पटक सस्तोमा गुणस्तरीय सेवा केएमसीले दिँदै आएको र यो सेवापछि गरिब, असाह्य, अशक्त मृगौला प्रत्यारोप गर्नुपर्ने बिरामीहरूका लागि निक्कै सहज हुने बताए।

कसले गर्छन त केएमसीमा मृगौला प्रत्यारोपण ?

  • डा.विजयमानसिंह कटवाल(सिनियर कन्सल्ट्याण्ट युरोलोजिष्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन)

विस २०७० सालदेखि २०७९ सालसम्म भक्तपुर सहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रमा ९ सयवटा, भारतको म्याक्स अस्पताल सकेटमा ३ सय ५० वटा तथा सुमेरु अस्पताल धापाखेलमा २२ वटा सफल मृगौला प्रत्यारोपणको अनुभवप्राप्त सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दका भूतपूर्व विभागीय प्रमुख हुन्, डा कटवाल। उनले भक्तपुरमा आफू विभागीय प्रमुख हुँदा नेपालमै पहिलो पटक (सन् २०१८) कुनै विदेशी टिमको सहायताले बिना ल्याप्रोस्कोपिक प्रविधिबाट मृगौला प्रत्यारोपण सुरु गरेका थिए। उनले डोनरको क्यान्सर भएको किड्नीलाई पनि क्यान्सर फालेर बिरामीमा बाँकी मृगौलाको सफल प्रत्यारोपण गरेका थिए। सो समाचारले नेपालमा मात्र नभई विश्वमै ख्याती प्राप्त गरेको थियो। पिसाब थैली काम नलाग्ने भई दुबै मृगौला फेल भएको विरामीको पनि सानो आन्द्राको पिसाब थैली बनाई सो पिसाब थैलीमा सफल मृगौला प्रत्यारोपण गरी बिरामीको ज्यानसमेत बचाएका थिए। यस किसिमको अप्रेशन संसारमा नै बिरलै गरिन्छ। उनले मस्तिष्क मृत्यु भएका बिरामीको मृगौला निकाली किड्नी फेल भएको बिरामीमा सफल प्रत्यारोपण गरेर नयाँ जीवन दिएका छन्। हालसम्म यस प्रकारको प्रत्यारोपण नेपालमा ५ वटा मात्र भएकोछ जसबाट १० जना मृगौला पीडितले नँया जीवन पाएका छन्।

  • डा.सुरेश महर्जन(सिनियर कन्सल्ट्यान्ट नेफ्रोलाजिष्ट तथा किड्नी प्रत्यारोपण फिजिसियन)

टिचिङ्ग हस्पिटल महाराजगंजबाट नेफ्रोलोजीमा डीएम गरी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा ३ वर्षभन्दा बढि किड्नी प्रत्यारोपण फिजिसियनको रुपमा अनुभव प्राप्त सिनियर कन्सल्ट्यान्ट नेफ्रोलाजिष्ट तथा किड्नी प्रत्यारोपण फिजिसियन डा.महर्जन अब केएमसी अस्पतालमा किड्नी प्रत्यारोपण फिजिसियनको रुपमा कार्यरत छन्। उनीसँग रगत समूह मिले/नमिलेको, २ जना परिवारबीच सट्टापट्टा तथा मस्तिष्क मृत्यु भएका बिरामीहरूको प्रत्यारोपण गरेको अनुभव रहेकोछ ।

Logo