सांसद डा. सुनिल शर्माको अगुवाइमा पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सांसद डा. सुनिल शर्माको अगुवाइमा पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

केन्द्रबिन्दु
27
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले काभ्रेको पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

पाँचखाल नगरपालिका र अनेरास्ववियूको संयुक्त आयोजनामा आजात माविमा सञ्चालित स्वास्थ्य शिविरमा ७०० जना बिरामीले उपचार गराएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । सो क्रममा कुल बिरामीमध्ये ५० जनाको ईसीजी, १०० जनाको ल्याब परीक्षण र ८० जनाको भिडियो एक्सरे गरिएकाे थियाे ।

सांसद डा. शर्माले देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै बिरामी उपचार गर्दै आएका छन् भने त्यहाँ उपचार हुन नसकेका बिरामीलाई आफ्नै अस्पतालमा ल्याएर निःशुल्क उपचार पनि गर्दै आएका छन् ।

Skip This
Skip This
Logo