काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शनिबार काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका विभिन्न विभागहरूको निरीक्षण गरेका छन् । अस्पताल प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार गृहमन्त्री लेखकले अस्पतालको क्याथल्याब, एमआरआई, सीटीस्क्यानसहित अत्याधुनिक उपकरणको अवलोकन गरेर त्यहाँको अवस्था बारे जानकारी लिएका हुन् ।
नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा सञ्चालक रहेको केएमसीमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिति बुझ्न गृहमन्त्री त्यहाँ पुगेका थिए ।































प्रतिक्रिया