हैजाका ३० जना सङ्क्रमितमध्ये १९ जना ललितपुरकै

हैजाका ३० जना सङ्क्रमितमध्ये १९ जना ललितपुरकै

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । काठमाडौँ, ललितपुर, कैलाली र प्युठानमा गरी हालसम्म ३० जनामा हैजाको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरमा १९ जना, कैलालीमा ८ जना, काठमाडौँमा एक जना र प्युठानका २ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

महाशाखाका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१४ का १० जनालाई हैजा पुष्टि भएको छ भने ललितपुरकै इमाडोल, ग्वार्को, चापागाउँ लगायत विभिन्न स्थानका ९ जनामा हैजा संक्रमण देखिएको छ ।

यता, काठमाडौँको टोखा नगरपालिकाका १ जना, कैलालीको धनगढी उपमहानगरपालिका–१ का ८ जना र प्युठानका २ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

Skip This
Skip This
Logo