काठमाडौँ । पछिल्लो समय विभिन्न उमेर समूहका व्यक्तिहरूमा कपाल झर्ने समस्या धेरै बढिरहेको छ । २१ वर्षदेखि ४०–४५ वर्ष उमेरका व्यक्तिहरूमा कपाल झर्ने समस्या बढी मात्रामा देखिन्छ । यसका कारणहरू धेरै छन् ।
एउटा त वंशाणुगत हो भने अर्को चाहिँ मानिसले धेरै चिन्ता लिनु हो । त्यसबाहेक धेरैथरीका रोगहरूको कारणले पनि कपाल झर्ने समस्या देखिन्छ । चायाँले पनि कपाल झर्ने हुन्छ ।
युवा अवस्थामा कपाल गर्ने प्रमुख कारण भनेको वंशाणुगत नै हो । युवा अवस्थामा धेरै चिन्ता लिँदा पनि कपाल झर्ने समस्या युवाहरूमा पनि धेरै देखिने गरेको पाइन्छ । त्यसबाहेक घरबाहिर अर्थात् होटल रेष्टुरेन्टको खानपानका कारण पनि कपाल झर्छ । खानपान नमिल्दा पनि धेरै कपाल झर्ने समस्या आउँछ ।
धेरैजसो कपाल झर्ने भनेको अगाडिको भाग हो । पछाडिको कपाल झरेको थोरै मात्रामा देखिन्छ । पछाडिको कपाल झिकेर नै अगाडि प्रत्यारोपण गर्ने हो । जसको कपाल पछाडि पनि झरेको हुन्छ उसको प्रत्यारोपण हुन सक्दैन ।
देश तथा विदेशभर नै कपाल प्रत्यारोपणको ट्रेन्ड बढिरहेको छ । नेपालमा पनि कपाल प्रत्यारोपण गर्ने क्रम वृद्धि भइरहेको छ । कपाल कति डिग्रीमा छ त्यही अनुकूल नै प्रत्यारोण गर्ने हो । अहिलेसम्म दुनियाँमा सबैभन्दा राम्रो टेक्नोलोजी भनेको नै प्रत्यारोपण हो । तर हामीले थोरै कपाल झरेको छ भने औषधि दिएर नै उपचार गर्ने गरेका छौँ । तर प्रत्यारोपण गर्ने चलन बढेको छ ।
प्रत्यारोपणको प्रक्रियाको विषयमा भन्नुपर्दा कपाल पछाडिलाई डोनर भाग भन्ने गरिन्छ । धेरैजसो कपाल झर्ने भनेको अगाडिको भाग हो । पछाडिको कपाल झरेको थोरै मात्रामा देखिन्छ । यसरी पछाडिको कपाल झिकेर नै अगाडि प्रत्यारोपण गर्ने हो । जसको कपाल पछाडि पनि झरेको हुन्छ उसको भने प्रत्यारोपण हुन सक्दैन । किनभने बिउ छैन भने कहाँबाट हाल्ने ? कपाल चाहिन्छ नै ।
विदेशमा र नेपालमा गरिने कपालको प्रतयारोपणको तरिका प्रविधिको हिसाबले एउटै नै हो । तर आर्थिक हिसाबले विदेशमा भन्दा नेपालमा प्रत्यारोपणको मूल्य सस्तो छ ।
हाम्रो अनुभव के छ भने यहाँ २५ देखि ४० वर्षसम्मको उमेरको बढी प्रत्यारोपण गरिरहेका छौँ । हुन त हामीले ४० देखि ५० सम्मको पनि गर्छौँ तर २५ देखि ३५ सम्मको चाहिँ बढी हुन्छ । जब कपाल प्रत्यारोपण गर्छौँ त्यसको पछिसम्म कुनै पनि साइड इफेक्ट देखिँदैन । यो एकदमै सुरक्षित छ । त्यसैले प्रत्यारोपणपछि कुनै पनि किसिमको साइड इफेक्ट देखिने समस्या हुन्छ कि भनेर डराउनुपर्दैन । एक पटक प्रत्यारोपण गरेर राम्रोसँग हेरचाह गर्यो भने १५ देखि २० वर्षसम्म हुन्छ ।
विदेशमा र नेपालमा गरिने कपालको प्रतयारोपणको तरिका प्रविधिको हिसाबले एउटै नै हो । तर आर्थिक हिसाबले विदेशमा भन्दा नेपालमा प्रत्यारोपणको मूल्य सस्तो छ । काठमाडौँमा पनि सबै क्लिनिकहरूमा थरीथरीको मूल्य छ ।
२० वर्ष उमेर समूहदेखि तलको विरामी छ भने त्यसलाई प्रत्यारोपण गर्न सल्लाह दिँदैनौँ । त्यसका लागि औषधिहरू छन् । त्यसले रोकेर केही दिनसम्म अथवा लामो समयसम्म नभए पनि सीमित अवधिसम्म लम्ब्याउछौँ । त्यसपछि प्रत्यारोपण गर्छौँ। तुरुन्तै प्रत्यारोपण गर्नुपर्ने अवस्था छैन भने अरू उपायहरू पनि छन् । त्यसबाट कपाल झर्नबाट रोक्छौँ । जीएफसी छ पीआरपी प्रविधि छ । त्यसले पलाउँछ ।
ग्राफअनुसार मानिसलाई प्रत्यारोपण गर्नुपर्ने हुन्छ । सोहीअनुसार हुन्छ मूल्य निर्धारण हुन्छ । समय चाहिँ लगभग ५ देखि ६ घण्टा लाग्छ । तर त्यो अवधिमा हामी प्रत्यारोपण मात्र गर्दैनौँ । चियाखाजा खाने समय त्यसैमा समावेश हुन्छ । प्रत्यारोपण लामो समयसम्म औषधिहरू खाइराख्नुपर्नेमा पनि केही समस्या पनि हुँदैन । तर प्रत्यारोपणपछि केही दिनसम्म चाहिँ औषधि प्रयोग गर्छौँ । प्रत्यारोपण गर्दा दुखाइ केही हुन्न । सामान्य किसिमको अप्रेसन चाहिँ हुन्छ । धेरैले दुखाइ हुन्छ कि भनेर डराएको पनि पाउँछौँ तर दुखाइ हुँदैन । राम्रोसँग प्रत्यारोपण गरिएन भने वा प्रक्रिया पुर्याएर गरिएन भने कपाल नक्कली जस्तो देखिने समस्याहरू हुनसक्छ ।
सञ्जिव झा, डर्माटोलोजिष्ट
प्रतिक्रिया