राष्ट्रिय आविष्कार केन्द्रले पायाे संघीय अस्पतालका उपकरण मर्मतको जिम्मा

राष्ट्रिय आविष्कार केन्द्रले पायाे संघीय अस्पतालका उपकरण मर्मतको जिम्मा

केन्द्रबिन्दु
196
Shares

सरकारले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच उक्त समझदारी भएको हो ।

मन्त्रालयअन्तर्गत शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल लगायत १७ वटा अस्पताल छन् । जसमा रहेका विभिन्न स्वास्थ्य उपकरण बिग्रिएर सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् ।

सम्झौताअनुसार अब आविष्कार केन्द्रले ती १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्नेछन् । यस सम्झौताले केन्द्रको सहयोगमा राज्यको खेर गैरहेको सम्पति उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने आशा छ ।

Logo