सांसद डा. सुनिल शर्माको पहलमा केएमसीले कर्मचारी संचय कोषमा राख्याे निःशुल्क स्वास्थ्य शिविर

सांसद डा. सुनिल शर्माको पहलमा केएमसीले कर्मचारी संचय कोषमा राख्याे निःशुल्क स्वास्थ्य शिविर

केन्द्रबिन्दु
24
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले कर्मचारी संचय कोषमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार कर्मचारी संचय कोषको ६३औं वार्षिकोत्सवको उपलक्ष्यमा कोषकै प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३०४ जना बिरामीले उपचार गराएका छन् ।

बिरामीमध्ये ६८ जनाको भिडियो एक्सरे, ९२ जनाको ईसीजी, १३२ जनाको ल्याब परीक्षण र ४८ जनाको इको गरिएको थियो । २० जनाको दाँत निकालिएको थियो । ३० जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको दाहालले जानकारी दिए ।

उक्त परीक्षण कार्यक्रममा सहभागी भएका सांसद डा. शर्माले स्वास्थ्य शिविरको उद्घाटन गर्नुका साथै मन्तव्यसमेत दिएका थिए ।

Skip This
Skip This
Logo