भनिन्छ, कोही नहुनेको भगवान् हुन्छन् । त्यस्तै आर्थिक अवस्था कमजोर भई उपचार नपाएका बिरामीहरूको भगवान जस्तै बनेको छ, काठमाडौं मेडिकल कलेज (केएमसी) । बिरामीसँग उपचारको लागि पैसा नहुँदा धेरैले अकालमै ज्यान गुमाएका घटनाहरू ताजा नै छन् ।
सोही विषयलाई मध्यनजर गर्दै केएमसीले बेलाबेलामा निःशुल्क स्वास्थ्य उपचारको आयोजना गरिरहेको हुन्छ । उक्त उपचारका क्रममा गम्भिर प्रकृतिका रोग लगाएका बिरामीहरूलाई अस्पतालमै बेलाएको निःशुल्क उपचार गरी यसअघि धेरै बिरामीले घर पठाइसकेको छ ।
गुणस्तरिय स्वास्थ्य सेवामा र सुलभ स्वास्थ्य उपचार भएकाले नै केएमसी अस्पतालमा बिरामीहरूको निकै घुइँचो हुने गर्छ । यद्यपि आज भने केएमसी प्रागंणमा नजारा अलिक भिन्न देखिन्थ्यो । त्यो दृश्य हो, बाजुरा जिल्लाका दुई पालिकाबाट उपचारका लागि केएमसी पुगेका बिरामी । ठूलो समूहमा बाजुराको त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाबाट उपचारका लागि आइपुगेका छन् ।
केएमसी अस्पतालका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालका अनुसार उक्त दुई पालिकाबाट करिव उपचारको लागि ११५ जना बिरामी आइपुगेका छन् ।
आर्थिक अभावले उपचार नपाएर घरैमा बस्न बाध्य उनीहरूलाई उक्त पालिकाहरूले केएमसी अस्पतालसँगको सहकार्यमा उपचार गर्न ल्याएका हुन् । केएमसीका सञ्चालक तथा सांसद डा. सुनिलकुमार शर्माले बिरामीको रोग पहिचान गरी उनीहरूको निःशुल्क उपचार हुने बताए ।
कुशल राजनैतिक नेताका रूपमा चिनिने शर्माले यसअघि पनि अस्पतालमै ल्याएर थुप्रै बिरामीको उपचार गराइसकेका छन् । जनताको सेवामा तत्पर शर्माले केएमसी नागरिकको जीवन रक्षाको लागि सधै लागि रहने बताए । ग्रामीण भेगमा रहेको बाजुरामा प्राथमिक उपचार पाउनसमेत अझै गाह्रो रहेको पाइन्छ । आर्थिक नहुँदा रोगलाई पालेर घरमा बस्न बाध्य पालिकावासिलाई उपचारको लागि केएमसीसँग सहकार्य गरी निःशुल्क उपचारको लागि ल्याएको त्रिवेणी नगरपालिकाका मेयर कर्ण वहादुर थापाले बताए । पालिकामा गुणस्तरीय सेवा दिने अस्पताल नहुँदाको समस्या आम नागरिकले भोग्नु परिरहेको उनको भनाई छ ।
यस्तै, खप्तड छेडेदह गाउँपालिकाका बिरामी पनि उपचारको लागि केएमसी आइपुगेको छन् । गम्भीर रोग लागेको तर, उपचार गर्न जान पनि नसक्ने र उपचार गर्नको लागि पैसा नहुनेहरूलाई गाउँपालिको अगुवाइमा बिरामीलाई उपचार गर्न केएमसी लिएको अध्यक्ष दिलबहादुर रावतले बताए । उपचारको लागि केएमसी आइपुगेका बिरामी उपचार पाइने भएपछि निकै हर्षित मुद्रामा देखिन्थे । कोही उपचार गर्दा गर्दै खर्च सकिएर उपचार नगराएका त कोही खर्चै नभएर रोग पालेर बसेका थिए । खर्च नभएपछि ऋण काढ्नु पर्ने र ऋण लिएपछि तिर्न नसकिने डरले पनि उपचार गर्न नगएको उनीहरु बताउँछन् ।





























प्रतिक्रिया