काभ्रे।
काभ्रे जिल्लामा आज १३ जना संक्रमित थपिएका छन् । आज १८ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार ७३ जना संक्रमित छन् ।
नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका २, बनेपाका ८, पाँचखालका १, नमोबुद्धका १ र मण्डनदेउपुरका १ जना रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ३ सय ७३ पुगेको छ । निको हुनेको संख्या २८ सय १० रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय २४ जना रहेको छ ।
जिल्लामा कोरोना संक्रमणबाट ३८ पुरुष र १४ महिला गरी ५३ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ५९४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ९१ हजार १८४ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार २९७ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार १७ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १३ हजार ४२६ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ जना पुगेको छ । आज १ हजार ३८२ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको छ । आज मात्र २३ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ६२१ रहेको छ ।
आजको पिसिआर परीक्षण ८ हजार ९४७ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख ९९ हजार ६८६ रहेको छ । आज १२ हजार ६८६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।





























प्रतिक्रिया