केएमसीमा नयाँ विशेषज्ञहरुद्वारा विभिन्न स्वास्थ्य सेवा सञ्चालन

केएमसीमा नयाँ विशेषज्ञहरुद्वारा विभिन्न स्वास्थ्य सेवा सञ्चालन

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । काठमाडौंको सिनामंगलमा अवस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)ले नयाँ विशेषज्ञहरुद्वारा विभिन्न सेवा सञ्चालनमा ल्याएको छ ।

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा. राजेश पाण्डे (डी.एम.) र नवजात शिशु तथा बालरोग विशेषज्ञ न्युयाेन्टाेलोजिष्ट डा. धिरेन्द्र यादव (डी.एम.)ले केएमसीमा कुशल रुपमा सेवा दिँदै आएका छन् । यसैगरी नाक, कान, घाँटी तथा टाउकोसँग सम्बन्धित विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ (एम.सीएच.), बर्न एण्ड प्लाष्टिक सर्जरीसम्बन्धी विशेषज्ञ डा. मनिष देवकोटा (एम.सी.एच) र सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा. रोमी दाहाल (एम.सी.एच)ले निरन्तर रुपमा सेवा दिँदै आएको दाहालले जानकारी दिए ।

नेपाली कांग्रेसका संघीय सांसदसमेत रहेका डा. सुनिलकुमार शर्माले सम्हाले यता केएमसीले सेवा सुविधा थप्दै लगेको छ । साथै सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

Skip This
Skip This
Logo