स्वास्थ्यमा सानातिना समस्या हुँदा पनि औषधि सेवन गर्नुहुन्छ ? ल्यान्सेटको अध्ययनमा देखियो यस्तो

स्वास्थ्यमा सानातिना समस्या हुँदा पनि औषधि सेवन गर्नुहुन्छ ? ल्यान्सेटको अध्ययनमा देखियो यस्तो

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । ‘द ल्यान्सेट’ले प्रकाशित गरेको नयाँ अध्ययनमा सन् २०५० सम्ममा एन्टिबायोटिक प्रतिरोधी संक्रमणका कारण करिब ४ करोड मानिसको मृत्यु हुने आशंका गरिएको छ । यस एन्टिबायोटिक प्रतिरोधी संक्रमणबाट हुने मृत्युको संख्या आगामी दशकहरूमा अझ बढ्ने अध्ययनले अनुमान गरेको छ । 

यस अध्ययनका वरिष्ठ लेखक तथा वाशिंगटन विश्वविद्यालयको स्वास्थ्य मेट्रिक्स र मूल्यांकन संस्थानका निर्देशक क्रिस्टोफर जेएल मरेले यो समस्या लामो समयसम्म रहने बताए । अध्ययनसँग सम्बन्धित अनुसन्धानकर्ताहरूले एन्टिबायोटिक प्रतिरोधी क्षमताका कारण साधारण संक्रमणलाई पनि निको पार्न निकै गाह्रो हुने चेतावनी दिएका छन् । 

अध्ययनले यो पनि पत्ता लगायो कि वृद्ध वयस्कहरू असमान रूपमा एएमआर (एन्टि–माइक्रोबियल प्रतिरोध) मृत्युबाट प्रभावित छन् । र, संक्रमणको बढी जोखिममा छन् । एएमआर भनेको एन्टी–माइक्रोबियल रेजिस्टेन्स हो । ब्याक्टेरिया, भाइरस, फंगाई र परजीवी समयसँगै परिवर्तन हुँदा र औषधिले असर गर्न छोड्दा यसको सामना गरिन्छ । 

अध्ययनको क्रममा, अस्पताल डिस्चार्ज रेकर्ड सहित ५२० मिलियन डाटा पोइन्टहरू, २४० देशहरूबाट बीमा दाबी र मृत्यु प्रमाणपत्रहरू विश्लेषण गरियो। एन्टिमाइक्रोबियल प्रतिरोधले १९९० र २०२१ को बीचमा वार्षिक एक मिलियन भन्दा बढीको मृत्यु भएको थियो । उनीहरु अहिले पनि एएमआर बाट मृत्यु बढ्दै जाने बताउँछन् । यूसीएसएमा क्लिनिकल मेडिसिनका सहायक प्रोफेसर र अध्ययनका प्रमुख लेखक केभिन इकुटाले आगामी २५ वर्षमा ३ करोड ९० लाखको मृत्यु हुने अनुमान गरिएको बताए । 
 
जुन हरेक मिनेटमा करिब तीन जनाको मृत्यु बराबर हुनेछ । अध्ययनले एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) को कारणले गर्दा सन् १९९० र २०२१ को बीचमा बालबालिकाको मृत्युमा ५० प्रतिशतले कमी आएको देखाएको छ । तर, ७० वर्षभन्दा माथिका उमेरका मान्छेको मृत्युमा ८० प्रतिशतले बृद्धि आएको छ ।

सन् २०५० सम्ममा बालमृत्यु घट्ने लेखकहरूले आशा गरेका छन् । तर, सोही अवधिमा वृद्धवृद्धाको मृत्युदर झण्डै दोब्बर हुनेछ ।  यस परिवर्तनले अन्य उमेर समूहहरूको तुलनामा वृद्ध मानिसहरूमा एएमआर मृत्युको कारण हुन सक्छ । किनकि विश्वव्यापी जनसंख्या बुढो हुँदैछ र संक्रमणको चपेटामा परेको छ । 

३९ मिलियन एएमआर मृत्यु मध्ये, ११.८ मिलियन दक्षिण एसियामा हुने अनुमान गरिएको छ । ठूलो संख्या उप–सहारा अफ्रिकामा अपेक्षित छ । इकुटाले एन्टिबायोटिकको अत्याधिक प्रयोग र दुरुपयोग विरुद्ध सचेत गराएको छ । ब्याक्टेरियाको प्रतिरोधी क्षमता बढाउन यसको सबैभन्दा ठूलो योगदान रहेको उनीहरु बताउँछन् । 

हार्वर्ड मेडिकल स्कुलका प्राइमरी केयर फिजिसियन र मेडिसिनका एसोसिएट प्रोफेसर इशानी गांगुलीले पनि एन्टिबायोटिकको अनावश्यक प्रयोग नगर्न जोड दिएकी छन् । सामान्य संक्रमणको अवस्थामा एन्टिबायोटिक खानुको सट्टा पानीले कुल्ला गर्ने वा बाफ लिने जस्ता घरेलु उपचार गर्ने अध्ययनकर्ताहरू बताउँछन् । 

बारम्बार औषधिको प्रयोग गर्नाले शरीरमा औषधिको प्रतिरोधात्मक क्षमता बढ्न अर्थात्  भविष्यमा ठूलो समस्या हुँदा पनि औषधिले काम नगर्न सक्छ । साइड इफेक्ट्सः हरेक औषधिको आफ्नै साइड इफेक्ट हुन्छ । सानातिना समस्याका लागि प्रयोग गरिने औषधिले पनि साइड इफेक्ट निम्त्याउन सक्छ । यी साइड इफेक्टहरू अस्थायी वा दीर्घकालीन हुन सक्छन् । -एजेन्सी

Skip This
Skip This
Logo