सांसद डा सुनिल शर्माको स्वास्थ्य टोली गुजेश्वरी सुकुम्बासी बस्तीमा, २५५ बिरामीको उपचार

सांसद डा सुनिल शर्माको स्वास्थ्य टोली गुजेश्वरी सुकुम्बासी बस्तीमा, २५५ बिरामीको उपचार

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको गुजेश्वरी सुकुम्बासी बाढीपीडित बस्तीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसनको आयोजनामा काठमाडौँ –९ गुजेश्वरी माविको प्राङ्गणमा भएको शिविरमा २५५ जना बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिएका छन् ।

दाहालका अनुसार शिविरमा जनरल मेडिकल, प्रसूति तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया सेवा, छाला रोग, हाडजोर्नी तथा नशा, नाक–कान–घाँटी, आँखा रोग र दन्त रोगसम्बन्धी सेवा प्रदान गरिएको थियो ।

केएमसीले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

Logo