काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले काठमाडौंको डुवान क्षेत्र सुकुम्बासी बस्तीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार मिसन स्माइल नेपालीको आयोजनामा भएको उक्त शिविरमा १५२ विरामीले सेवा लिएका छन् । शिविरमा सुगर र डेंगी परीक्षणसमेत भएको थियो ।
केएमसीले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।
































प्रतिक्रिया