केएमसीमा आजदेखि प्रत्येक मंगलबार कम शुल्कमा पेडियाट्रिक युरोलोजीमा शल्यक्रिया

केएमसीमा आजदेखि प्रत्येक मंगलबार कम शुल्कमा पेडियाट्रिक युरोलोजीमा शल्यक्रिया

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । केएमसीले बाल शल्य चिकित्सा विभागको पेडियाट्रिक युरोलोजी क्लिनिक अन्तर्गत १६ वर्षसम्म उमेरका बालबालिकाका लागि कम शुल्कमा शल्यक्रिया गर्ने भएको छ ।

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले कार्तिक १ गतेदेखि अस्पतालमा यो सुविधा दिने भएको हो ।

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार बिरामी बालबालिकाको शल्यक्रिया बढाउने उद्देश्यले हरेक मंगलबार हर्निया–हाइड्रोसिल, अण्डकोशमा नझरेको अण्डा, पिसाबको मुखमुनि फर्किएको, लिङ्गको छाला नफर्किने अवस्था सम्बन्धी रोगको शल्यक्रिया गर्न लागिएको हो ।

यी रोगको शल्यक्रियामा तीन महिनासम्मका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको दाहालले बताएका छन् ।

Skip This
Skip This
Logo