महिला फुटबल टाेलीको हौसला बढाउँदै मन्त्री पौडेलले भने- स्वास्थ्य समस्या परे हामी छौं

महिला फुटबल टाेलीको हौसला बढाउँदै मन्त्री पौडेलले भने- स्वास्थ्य समस्या परे हामी छौं

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनशिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिएका छन् ।

क्लोज क्याम्पस्थल पुगेर मन्त्री पौडेलले आइतबारको सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडीहरुलाई धन्यवाद पनि दिए ।

मन्त्री पौडेलले त्यसक्रमा एन्फा पदाधिकारीहरु र खेलाडिसामु खेलका क्रममा कोही खेलाडि वा अफिसियल घाइते भएमा निःशुल्क उपचारको व्यवस्था मन्त्रालयका तर्फबाट गर्ने निर्णय गरेको जानकारी दिए । ‘तपाईंहरु उच्च मनोबलका साथ खेल पस्कनुहोला,’ उनले भने, ‘स्वास्थ्य समस्या परेमा हामी साथमा छौं ।’

खेलाडीहरुको हौसला बढाउँदै उनले यसअघि गरिएको व्यवस्थाअनुसार खेलपश्चात राष्ट्रिय टिमका सबै खेलाडिहरुको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रतिबद्धता पनि व्यक्त गरे । यसअघि नै मन्त्री पौडेल अध्यक्ष रहेको केन्द्रले राष्ट्रिय टिममा रहेका सबै खेलाडिको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरिसकेको छ ।

Skip This
Skip This
Logo