काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ जना पुगेको छ । आज १ हजार ९६ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ७५२ रहेको छ ।
आजको पिसिआर परीक्षण ६ हजार ४९५ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख ८४ हजार ५१९ रहेको छ । आज १३ हजार ५८२ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
काठमाडौं उपत्यकामा आज ४८४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ३५१, भक्तपुरमा ५९ र ललितपुरमा ७४ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ९० हजार ४२८ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार १९५ जना कोरोना संक्रमित छन् । ललितपुरमा १३ हजार ८३७ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १२ हजार ३९० पुगेको छ ।





























प्रतिक्रिया