सांसद डा. सुनिल शर्माको स्वास्थ्य टोली दोलखामा, ६०३ जनाले लिए सेवा

सांसद डा. सुनिल शर्माको स्वास्थ्य टोली दोलखामा, ६०३ जनाले लिए सेवा

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिललकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले दोलखामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

कारितास नेपालको आयोजनामा दोलखाको विगु गाउँपालिकास्थित सिंगटीमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ६०३ जनाले सेवा लिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए । शिविरमा ८७ जनाको ल्याब परीक्षण, ७७ जनाको इसिजी, १ सय ६३ जनाको भिडियो एक्सरे र ४३ जनाको दाँत निकालिएको थियो।

त्यहाँ उपचार सम्भव नभएको र थप उपचारका लागि ३७ जना विरामीलाई केएमसीमा रेफर गरिएको छ ।

मोरङ ३ बाट निर्वाचित सांसद डा. शर्मा केएमसी र नोबेलका सञ्चालक पनि हुन् । उनले पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमसम्मका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा तथा विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरेर सेवा दिइरहेका छन् । त्यहाँ सम्भव नभए आफ्नै केएमसी र नोबेलमा ल्याएर निःशुल्क उपचार गराइदिन्छन् ।

Skip This
Skip This
Logo