काठमाडाैं । मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नं. ३ निवासी १९ वर्षीय सुसान राई दुवै मृगौला फेल भएपछि लामो समयदेखि जीवन-मरणको संघर्ष गरिरहेका थिए । आर्थिक अवस्थाको दयनीयताका कारण उनको उपचारमा ठूलो चुनौती उत्पन्न भएको थियो।
सुसानको परिवारले विभिन्न स्थानमा उपचारका लागि प्रयास गरे पनि आर्थिक समस्या उनका लागि मुख्य बाधा बनिरहेको थियो। यस्तो अवस्थामा, नेपाली कांग्रेस बेलबारी वडा नं. ३ का सभापति रिक्त गुरुङको पहलमा उनलाई काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलसम्म पुर्याइएको थियो । त्यहाँ सांसद डा. सुनिल कुमार शर्मासँगको भेटघाटपछि केएमसीले सुसानको उपचार निःशुल्क रूपमा गर्ने व्यवस्था मिलाएकाे थियाे ।
डा. सुनिल शर्माको सहयोग र केएमसीको दक्ष चिकित्सकीय सेवा पछि सुसानको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको छ । उनले नयाँ जीवन पाएका छन्।
सांसद डा. शर्मा संघीय संसदकाे तलब भत्ता नलिने एक मात्र सांसद हुन्, उनले नेपालको सुदुर पूर्वदेखि सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर गर्दै दूरदराजका जनतालाई उपचार सम्भब नभएका बिरामीलाई काठमाडौंको सिनामगलस्थित काठमाडौं मेडिकल कलेज साथै बिराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पताल मा निसुल्क उपचार गर्दै आएका छन् ।
लामो समयदेखि असहाय विपन्नलाई निःशुल्क उपचारमा सक्रिय रहँदै आएका सांसद डा. शर्मा २०७९ मा भारी मतान्तरका साथ निर्वाचित हुँदै संसद् भवनमा प्रवेश गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रका कुनै पनि बिरामीले आर्थिक अभावमा उपचार नपाएर थला पर्दा मेडिकल व्यवसायीसमेत रहेका सांसद डा. शर्मा आफैँ खटिन्छन् ।बिरामीलाई घरमै पुगेर एम्बुलेन्समा अस्पताल लैजान्छन् र निको गराएर पठाउँछन् । स्थानीयलाई स्वास्थ्य सेवामा सहुलियत दिइरहेका उनले निर्वाचन क्षेत्रका विभिन्न गाउँमा नियमित स्वास्थ्य शिविर चलाउँछन् ।
विराटनगरस्थित नोबेल अस्पतालमा आफ्नो निर्वाचन क्षेत्रका मतदाताका लागि उपचारमा ५० प्रतिशत छुट तथा विपन्न परिवारका लागि निःशुल्क उपचारसहित ५० बेडको क्याबिन निःशुल्क गरिदिएका छन् भने खाने बस्ने सुविधासहितका निःशुल्क ३० बेडको व्यवस्था तथा काठमाडौंस्थित सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा समेत आफ्नो क्षेत्रका मतदाताका लागि निःशुल्क उपचारको व्यवस्थासहित १५ शय्याको कक्ष उपलब्ध गराइदिएका छन् ।
यो त उनको चुनावी प्रतिबद्धता नै थियो, जुन पूरा गरे । त्यसैले उनीबाट जीवनदान पाएकोमा खुसी हुनेहरूको सङ्ख्या टोल टोलमा सयौँ छन् । आफ्नो निर्वाचन क्षेत्र मात्र होइन देशैभर उनी दौडाहामा लागेका छन् । देशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर उपचारलाई सहज बनाइरहेका उनले असहाय विपन्नलाई काठमाडौं मेडिकल कलेज र नोबेल अस्पताल निःशुल्क उपचार सेवा पनि दिइरहेका छन् ।





























प्रतिक्रिया