काठमाडौं । काठमाडौं मेडिकल कलेजले १६ वर्ष मुनिका बालबच्चाहरूका लागि विशेषज्ञ सेवासहित आधा दर्जन डिएम एमसीएच चिकित्सकहरूले सेवा प्रदान गर्ने सुपर स्पेशालिटी सेवा सुचारु गरेको छ ।
न्युनतम शुल्कमा गुणस्तरीय स्वास्थ सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाको रूपमा केएमसीले एउटा कम्प्लिट मल्टी स्पेशालिस्ट अस्पतालको रूपमा अगाडि बढ्ने क्रममा सो सेवा विस्तार गरेकाे हो । काठमाडौंको सिनामंगलमा रहेको केएमसीमा आधा दर्जन बढी पेडियाक्ट्रीक एमबिएच चिकित्सकहरूको सहभागीतामा पेडियाक्ट्रीक क्रीटिकल केयर अन्तर्गत सो सेवा दिन थालिएको बताइएकाे छ ।
यस सेवाअन्तर्गत पिआईसीयु, एचडियू, एनआईसियूसहित अत्याधुनिक उपकरणका साथमा नवजात शिशु विशेषज्ञहरूले २४सै घण्टा सघन निगरानी, स्वासप्रश्वास सम्बन्धि सम्पूर्ण सेवाका साथै न्युरो क्रीटिकल केयर, मुटुका बिरामीका लागि विशेष सेवा, छारेरोग, टाउकोमा लागेको चोटपटक, अचेत बाल बच्चाको उपचार सेवाका साथै प्यारालाइसीस भएका बच्चाहरूका लागि स्पेशल उपचार सेवासमेत न्युन शुल्कमा उपलब्ध हुने बताइएको छ ।
योसँगै पेडियाक्ट्रीक ग्याँस्ट्रोइन्टेरोलोजीअन्तर्गत बालबालिकाको पेट र कलेजो सम्बन्धि सेवाहरू उपलब्ध गराउँदै अत्याधुनिक मेडिकल उपकरणहरूद्वारा इन्डोस्कोपी, रोलोनोस्कोपी, इन्टरजेन्सको सेवा समेत उपलब्ध हुनेछ ।
पेडियाक्ट्रीक न्युरोलोजीअन्तर्गत छारे रोगको सम्पूर्ण जाँच र उपचार, सेरेब्रल पाल्सी, अटिजम, मस्तिष्कघात, प्यारालाइसिस जस्ता बिरामीहरूको एउटै छातामुनी मल्टीडिस्प्लिनरी उपचार सेवा उपलब्ध गराइरहेको पनि अस्पतालले जनाएको छ ।
योसँगै बालबालिकाहरूको हरेक किसिमका शल्यचिकित्साजन्य रोगहरूको उचित उपचार र निदान बाल शल्यचिकित्साजन्य एमसीएच प्याड्रीयाट्रीक सर्जनले सेवा प्रदान गर्नेछन् । यसका अलावा पेडियाट्रीक रेडिमोलोजी सेवा समेत उपलब्ध छ ।
बालबालिकाको सम्पूर्ण रोगको उपचार भारतका विभिन्न प्रख्यात संस्थानहरूमा अध्ययन गरेका व्यावसायिक रूपमा निकै दक्ष सुपर स्पेसियालीटी डिम एमसीएच टिमबाट एउटै छातामुनी सेवा उपलब्ध रहेको काठमाडौं मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालले जानकारी दिए ।
आधुनिक जीवनशैली र व्यस्त दैनिकीका कारण बालबालिकामा देखिने कुनै पनि स्वास्थ समस्या र एकै ठाउँबाट आफ्ना बालबच्चाले न्युनतम शुल्कमा गुणस्तरीय स्वास्थ सेवा पाउने ग्यारेन्टी गर्नु नेपालजस्तो आधारभूत स्वास्थ सेवामा सर्वसाधारणको पहुँच नभएको सामाजिक परिवेशमा निकै क्रान्तिकारी कदम मानिएको छ ।





























प्रतिक्रिया