चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, नौवटा एजेन्डामा छलफल हुने

चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, नौवटा एजेन्डामा छलफल हुने

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै छ । आइतबार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा ९ वटा एजेन्डामा छलफल हुने छ ।

आयोगका एक उच्च कर्मचारीका अनुसार बैठकमा आर्थिक वर्ष २०८०–८१ को कार्यप्रगति समीक्षादेखि शिक्षण संस्था गाभ्ने कार्यविधिसम्मका विषयमा छलफल हुने छ ।

त्यस्तै आयोगको लोगो स्वीकृति, प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन र आगामी आर्थिक वर्षको बजेट संशोधनबारे पनि छलफल हुने कार्यसूचीमा छ ।

बैठकमा छात्रवृत्ति सञ्चालन खर्चको मापदण्ड, शिक्षण संस्थाको स्वामित्व हस्तान्तरण र छात्रवृत्तिमा अध्ययन गरी बीचैमा पढाइ छाडेका विद्यार्थीका विषयमा समेत छलफल हुने कार्यसूचीमा उल्लेख छ।

Logo