काठमाडौँ महानगरद्वारा निःशुल्क भिडियो एक्स–रे सेवा सुरु

काठमाडौँ महानगरद्वारा निःशुल्क भिडियो एक्स–रे सेवा सुरु

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवा सुरु गर्न लागेको महानगरले जनाएको छ ।

सुरुमा वडा नं १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नं १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं १२ मा, मंगलबार र बुधबार वडा नं १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं २७ मा र बिहीबार र शुक्रबार वडा नं १० र ३० का सेवाग्राहीका लागि वडा नं ३० स्वास्थ्य प्रबर्द्धन केन्द्रमा भिडियो एक्स–रे गरिनेछ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स–रे मेसिन राखिएको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य भागको योजना छ ।

महानगरपालिकाले वडा नं ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं १४ बल्खु, वडा नं १९ कंकेश्वरी, वडा नं २६ लैनचौर र वडा नं ३० ज्ञानेश्वर, वडा नं १६ बालाजु, वडा नं २७ महाबौद्ध, वडा नं १२ टेकु र वडा नं ७ चाबहिलको स्वास्थ्य प्रबर्द्धन केन्द्रलाई पहिलो सम्पर्क बिन्दुका रूपमा तोकेको छ । यीमध्ये ५ बिमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदनको प्रक्रियामा छन् ।

Logo