डोल्पाको लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था

डोल्पाको लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था

केन्द्रबिन्दु
6
Shares

डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा र विश्व खाद्य कार्यक्रम ‘एमडीआई नेपाल’ले विभिन्न सूचकको आधारमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो ।

आफ्नो क्षेत्रभित्र पर्ने ६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई वर्षमा २ पटक भिटामिन ‘ए क्याप्सुल’ ९० प्रतिशतभन्दा बढी वितरण गरेको र १२ देखि ५९ महिनाका बालबालिकाहरूले जुकाको औषधि वर्षमा दुई पटक ९० प्रतिशतभन्दा बढी पाएको लगायतका सूचक पूरा गरेपछि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिए पनि बालिकाहरुमा पोषणको कमी आउन नदिन कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले बताए ।

बालबालिकालाई पोषणमा कमी आउन नदिन विश्व खाद्य कार्यक्रम तथा एमडीआई नेपालले बाल स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत डोल्पाका विभिन्न स्वास्थ्य संस्थाहरूबाट पोषणयुक्त पिठो वितरण गर्दै आइरहेको छ ।

Logo