काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा श्री देउजा गाउँ आधारभूत विद्यालयमा आयोजित शिविरमा ७६५ जना बिरामीले सेवा लिएका छन् ।
शिविरमा १०१ जनाको ल्याब परीक्षण, ३५ जनाको ईसीजी, ८५ जनाको भिडियो एक्सरे गरिएको थियो । १३ जनाको दाँत खोलिएको थियो भने ३१ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ ।





























प्रतिक्रिया