काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले गौरीघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार हिलारी इंग्लिस स्कुलद्वारा आयोजित शिविरमा ७६५ जना बिरामीले सेवा लिएका छन् । शिविरमा ८२ जनाको ल्याब परीक्षण, ६८ जनाको ईसीजी, ९७ जनाको युएसजी गरिएको थियो । १८ जनाको दाँत खोलिएको थियो भने ३२ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ ।

सांसद डा. शर्मा संघीय संसदकाे तलब भत्ता नलिने एक मात्र सांसद हुन्, उनले नेपालको सुदुर पूर्वदेखि सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर गर्दै दूरदराजका जनतालाई उपचार सम्भव नभएका बिरामीलाई काठमाडौंको सिनामगलस्थित काठमाडौं मेडिकल कलेज साथै बिराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा निःशुल्क उपचार गर्दै आएका छन् ।






























प्रतिक्रिया