मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार

मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् ।

कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताए । उनले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गरे ।

कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको बताउँदै उनले मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । “अस्पतालले हाल सीमित स्रोत र साधनका बावजुद गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ, यसैका कारण धेरैको विश्वास कान्तिमा छ”, उनले भने ।

Logo