नोबेल मेडिकल कलेजमा शल्यक्रियाविनै क्यान्सरको उपचार, अत्याधुनिक प्रविधिको प्रयोगमा एसियाकै स्थापित अस्पताल बन्न सफल

नोबेल मेडिकल कलेजमा शल्यक्रियाविनै क्यान्सरको उपचार, अत्याधुनिक प्रविधिको प्रयोगमा एसियाकै स्थापित अस्पताल बन्न सफल

केन्द्रबिन्दु
108
Shares

काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शल्यक्रियाविनै क्यान्सरको उपचार हुने भएको छ । रेडिएसन थेरापीसहितको प्रविधि ल्याइएसँगै अब नोबेल मेडिकल कलेजमा शल्यक्रियाविनै क्यान्सरको उपचार सम्भव हुने भएको हो ।

अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक नोबेल मेडिकल कलेजले भित्र्याएको हो । यो अत्याधुनिक प्रविधि एसियाको नौ ठाउँमा मात्रै उपलब्ध छ ।

नेपालमा भने नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले आफ्नै अस्पताल नोबेल मेडिकल कलेजमा पहिलो पटक यो प्रविधि सञ्चालन गरेका हुन् । अत्याधुनिक रेडिएसन थेरापी जडान भएसँगै अब नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुनेछ । यस उपकरणमा रहेको सिक्स डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआरएस र एसबी आरटीले शल्यक्रियाविना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्छ ।

आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ । ब्राकी थेरापीले विना दुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ ।

यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ । रेडिएसन थेरापीका लागि विशेष बङ्करसहितको भवन निर्माण गरिएको छ भने ओपीडी, डे केयर, केमो थेरापी र शल्यक्रिया लगायतका सेवा सञ्चालनमा छन् ।

नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसले विशेषगरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीलाई राहत दिनेछ । नोबेल मेडिकल कलेज अत्याधुनिक प्रविधिको प्रयोगबाट एसिया क्षेत्रकै अस्पतालको रूपमा स्थापित भएको छ ।

नोबेल मेडिकल कलेज नेपाली कांग्रेसका युवा नेता सांसद डा. सुनिल शर्माको हो । सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँ गरिबलाई सेवा प्रदान गर्दै आएका छन् । शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् । डा. शर्माले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताले जुनसुकै पार्टीका भए पनि निःशुल्क क्याबिन राखिदिएका छन् ।

साथै, डा. शर्माको काठमाडौँको सिनामगलमास्थित काठमाडौँ मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका नागरिकलाई निःशुल्क उपचार गरिँदै आएको छ ।

Logo