सांसद डा. सुनिल शर्माको पहलमा केएमसीको टोली लामाटारमा, ५८३ विरामीले लिए लाभ

सांसद डा. सुनिल शर्माको पहलमा केएमसीको टोली लामाटारमा, ५८३ विरामीले लिए लाभ

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले ललितपुरको लामाटारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार लामाटारस्थित सिस्नेरीमा माविमा आयोजित शिविरमा ५८३ विरामीले लाभ लिएका छन् । शिविरमा ८६ जनाले युएसजी, ६४ जनाले इसिजी, ७८ जनाले ल्याव टेष्ट गराएका छन् भने २१ जनाको दाँत खोलिएको छ ।

सांसद डा. शर्मा संघीय संसदकाे तलब भत्ता नलिने एक मात्र सांसद हुन्, उनले नेपालको सुदुर पूर्वदेखि सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर गर्दै दूरदराजका जनतालाई उपचार सम्भव नभएका बिरामीलाई काठमाडौंको सिनामगलस्थित काठमाडौं मेडिकल कलेज साथै बिराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा निःशुल्क उपचार गर्दै आएका छन् ।

Logo