‘राइट टु प्रोटिन’ रन हाफ म्याराथनको चौथो संस्करण सुरु [तस्विरमा हेर्नुहोस्]

‘राइट टु प्रोटिन’ रन हाफ म्याराथनको चौथो संस्करण सुरु [तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
105
Shares

काठमाडौँ । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा ‘राइट टु प्रोटिन’ हाफ म्याराथनको चौथो सँस्करण आयोजना गरिएको छ।

हाफ म्याराथनमा पुरुषको १० किलोमिटर, महिलाको ५ किलोमिटर, १२ कक्षा सम्मका पुरुष विद्यार्थीहरूको ५ किलोमिटर र महिला विद्यार्थीहरूको ३ किलोमिटर, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा भएको हो ।

हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शनिवार बिहान सुरु भएको हो। रंगशालाबाट सुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुंगिने आयोजकले जनाएको छ ।

हाफ म्याराथनमा विजय हुने दुवैले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले १ लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

१० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

महिलामा ५ किलोमिटरको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । ह्विलचियर तर्फ महिला र पुरुषको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ पाउनेछन् ।

तस्विरमा हेर्नुहोस्…

Skip This
Skip This
Logo