काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा.सुनिल शर्माले उदयपुर जिल्लाका क्यान्सर पीडित जनतालाई विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा निःशुल्क उपचार गरिदिने भएका छन्।
सांसद डा. शर्माले उदयपुर जिल्लाका क्यान्सर पीडित जनताको लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा निःशुल्क उपचारको व्यवस्थाकाे घाेषणा गरेका हुन् । कांग्रेस कोशी प्रदेश कार्यसमितिका संयोजक नवराज अधिकारीले डा.शर्मासँग भेट गरी उदयपुर जिल्लाका सबै क्यान्सर पीडितहरूलाई निःशुल्क उपचार गराउन आग्रह गरेका थिए । उनको आग्रह अनुसार, डा. शर्माले माघ १४ गतेदेखि फागुन महिनासम्म क्यान्सर पीडितहरूको लागि निःशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
यसअन्तर्गत क्यान्सरको प्रकृति हेरी जति पटक सेक्न परेको खण्डमा रेडिएसनले सेक्ने र सो क्रममा दैनिक गर्नुपर्ने सिटि स्क्यान निःशुल्क गरिने छ । यो सुविधा लिनको लागि उदयपुर जिल्लाका बासिन्दाले क्यान्सर रोग पहिचानपछि विपन्न नागरिक औषधी कोष अनुसारको सिफारिस लिएर आउनुपर्ने हुन्छ ।
सांसद डा. शर्माले उदयपुर जिल्लाका क्यान्सर पिडितहरुको उपचारमा यो पार्टीको उ पार्टीको, जातपात, समुदायको भनेर भनेर नछुट्याइने र सामाजिक उत्तरदायित्व सम्झेर सामान्य आर्थिक अवस्था हुनु भएका जसलाई पनि क्यान्सर भएको छ, जसको घरमा आमालाई, बुबालाई वा परिवार सदस्यलाई क्यान्सर भएर पिडित छन् उनीहरुलाई यो सुविधा उपलव्ध गर्ने घोषणा गरेको बताएका थिए।
आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका डा.शर्माले उत्कृष्ट प्रविधिसहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै हालसालै नोवेलमा रेडिएसन थेरापी सेवा सुरु गराएका हुन् । डा. शर्माले ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधिसहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको सुरुआत पनि गरेका छन् ।
सांसद डा. शर्मा संघीय संसदकाे तलब भत्ता नलिने एक मात्र सांसद हुन्, उनले नेपालको सुदुर पूर्वदेखि सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर गर्दै दूरदराजका जनतालाई उपचार सम्भव नभएका बिरामीलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज साथै बिराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा निःशुल्क उपचार गर्दै आएका छन् ।
डा. शर्माले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्र माेरङ ३ का जनताले जुनसुकै पार्टी राेजेपनि निःशुल्क क्याबिन राखिदिएका छन।





























प्रतिक्रिया