अल्फाबिटा कम्प्लेक्समा ‘त्रिदिवसीय ध्यान योग शिविर’ सुरु, योग र साधना सिकाइने

अल्फाबिटा कम्प्लेक्समा ‘त्रिदिवसीय ध्यान योग शिविर’ सुरु, योग र साधना सिकाइने

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा त्रिदिवसीय ध्यान योग शिविर सुरु भएको छ । समर्थगुरू साधना केन्द्र, बुद्धनगरद्धारा आयोजित उक्त शिविरमा ध्यान योगको अभ्यास पश्चात् नाद दीक्षा दिँदै सहजयोगको साधना गराइनेछ ।

यो त्रिदिवसीय ध्यान योग शिविरको पहिलो दिन अर्थात शुक्रबार भगवान गौतम बुद्धको आर्य अष्टांगिक मार्गका सोपानहरुमा आधारित विभिन्न सुत्रधारद्वारा दुःख मुक्ति, कलह मुक्ति, सुमधुर सम्बन्ध, संकल्प, ध्यान समाधिको ज्ञान र अभ्यास गराउँदै शान्त, प्रशन्न र सफल जीवन जिउने कलाको प्रशिक्षण दिइएको थियो ।

यसैगरी दोस्रो दिन अध्यात्मको सार ‘ओमकार’को दीक्षा समर्थगुरु धाराका प्रणेता तथा संस्थापक सिद्धार्थ औलियाबाट भएको छ । ओमकार अर्थात् आत्माको दिव्य ध्वनी नादको दीक्षा पश्चात् महर्षी पतञ्जलीको अष्टांग, योग सहज योगको सुमिरनका अभ्यासद्वारा अध्यात्मको गहन यात्रामा साधकलाई लगेर आत्मसाक्षात्कार जस्तो मनुष्य जीवनको परमलक्ष्य तर्फ मार्ग निर्देशन गरिएको कार्यक्रमका प्रमुख ‘आचार्य सान्तम श्री’ले बताए ।

यो शिविर बिहान ७ बजेदेखि सुरु भइ बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ ।

समर्थगुरु संघ नेपालका महासचिवसमेत रहेका ‘आचार्य सान्तम श्री’ले अहिले मानवीय जीवनशैली निकै अस्वस्थकर भएकाले योग, अष्टाङ योग, ध्यान, साधनालगायत क्रियाकलापमा संलग्न भएर चिन्ता, तनाव र दुःखबाट मुक्त हुन सकिने बताए । आधुनिक समयमा मानिसहरुले आध्यामिक जीवनशैली नअपनाउँदा चिन्ता र डिप्रेसनबाट गुज्रिनु परेको उनकाे भनाइ छ ।

Logo