काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)को प्राविधिक सहयोगमा चावहिलस्थित सेन्ट लरेन्स कलेजमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ।
मैजुकुमारी सामुदायिक सेवा समाज चावहित, मैजुबहालको समन्वयमा मंगलबार भएको उक्त स्वास्थ्य शिविरमा कलेजका विद्यार्थी, अभिभावक तथा स्थानीयसमेत गरी एक हजार तीन सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले जानकारी दिए।
शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत कलेजमा रहेको विद्यार्थीहरुको विभिन्न क्लबबाट आयोजित यस शिविरको उद्देश्य भनेकै स्वस्थ्य सेवा प्रदान गर्नु रहेको उनको भनाई छ ।

शिविरमा विद्यार्थी तथा सर्वसाधारणलाई सामान्य स्वास्थ्य परीक्षणका साथै दन्त, आँखा, छाला, नाक, कान तथा घाँटीसम्बन्धी रोगहरूको उपचार सेवा प्रदान गरिएको मैजुकुमारी सामुदायिक सेवा समाज चावहिल, मैजुबहालका महासचिव समीर जोशीले जानकारी दिए । स्त्रीरोग तथा भिडियो एक्सरेलगायतका अत्याधुनिक उपकरणद्वारा परीक्षण, ब्लड सुगर, युरिक एसिड, युरिया तथा युरिनसमेत उपलब्ध गराइएको छ।

सेन्ट लरेन्स कलेजको सोसल वर्क क्लबका अध्यक्ष शोनिका थापाका अनुसार कलेजमा हरेक वर्ष दुईदेखि तीनवटासम्म सामाजिक कार्यक्रम हुने गरेको छ।





























प्रतिक्रिया